महन्थ ठाकुर पक्षले जसपा लोकतान्त्रिक दल दर्ता गर्ने

काठमाडौं । राष्ट्रपति कार्यालयबाट राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश पारित भएपछि नेकपा एमालेका बरिष्ठ नेता र जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर पक्षले नयाँ पार्टी दर्ता गर्ने भएको छन् ।
माधव नेपाल पक्षले नेकपा एमाले समाजवादी पार्टी दर्ता गर्ने तयारी थालेका बेला जनता समाजवादी पार्टीका नेता महन्थ ठाकुर पक्षले जसपा लोकतान्त्रिक दल दर्ता गर्ने तयारी थालेका हुन् ।
सरकारले संघीय संसद वा केन्द्रीय समितिको २० प्रतिशत पुर्याएर दल विभाजन गर्न सक्ने अध्यादेश ल्याएपछि ठाकुर पक्षले पनि नयाँ दल दर्ताको तयारी थालेका हुन् । नयाँ दल दर्ता गर्न विषयमा छलफल गर्न ठाकुर पक्षका नेताहरुको बैठक बसिरहेको छ ।
जसपा नेपाल (लोकतान्त्रिक) दल निर्वाचन आयोगमा दर्ता गर्ने गरि बैठकमा छलफल भएको स्रोतले बताएको छ । जसमा अध्यक्ष महन्थ ठाकुर र चुनाव चिह्न साइकल प्रस्ताव गरिएको छ ।