केन्द्रमा फुट्न नपाउँदै बागमतीमा जुट्यो एमाले, डोरमणी आउट, अष्टलक्ष्मी इन

काठमाडौं । नेकपा एमाले फुटको अषर पर्न नपाउँदै बागमती प्रदेशमा मुख्यमन्त्री परिवर्तन हुने भएको छ । केन्द्रमा एमाले फुट्न नपाउँदै बागमती प्रदेशमा भने एमाले जुटेको छ ।
केन्द्रमा एमाले बरिष्ठ नेता माधव नेपालले एमाले समाजवादी पार्टी गठन गर्न नभ्याउँदै एमाले एक हुने देखिएको छ । बागमतीमा माधव नेपाललाई पहिलो गासमा झड्का लागेको छ ।
नेकपा एमाले पार्टी फुटेसँगै बागमति प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले राजिनामा दिएर नयाँ दलको नेतामा प्रदेशसभा सदस्य अष्टलक्ष्मी शाक्य चयन भएकी छिन ।
एमाले उपाध्यक्ष रहेकी अष्टलक्ष्मी शाक्य पार्टी विभाजनको विपक्षमा उभिएपछि वागमतिको मुख्यमन्त्री बनाइने स्रोतले बताएको छ । एमाले संसदीय दलको बैठकले नेता परिवर्तन भएको छ । शाक्य आजै मुख्यमन्त्री चयन हुनेछिन ।