माधव नेपाललाई निर्वाचन आयोगको अर्को झड्का, किताव चुनाव चिन्ह पाएनन्, झलनाथ बरिष्ठ नेता, ९५ जना केन्द्रीय सदस्य

काठमाडौं । एमालेबाट फुटेर एमाले समाजवादी गठन गरेका माधव नेपाललाई निर्वाचन आयोगले अर्को झड्का दिएको छ । निर्वाचन आयोगले माधव नेपालले मागेको किताव चिन्ह पाउन सकेनन् ।
बोधराज न्यौपानेको उन्नत लोकतान्त्रिक पार्टीको निर्वाचन चिन्ह रहेको किताव चिन्ह दिन निर्वाचन आयोगले अश्वीकार गरेको छ । एमाले समाजवादीमा साविक एमालेका ५८ जना केन्द्रीयस सदस्य समेटिएका छन ।
एमाले समाजवादीले दावी गरेको निर्वाचन चिन्ह नपाएपछि चिन्ह पछि दावी गरिने दल दर्ताबाट फर्किएका नेता राजेन्द्र पाण्डेले बताए । हाल माधव नेपाललको समाजवादी पार्टीमा एमालेमा रहेका ५८ जना र पछि थप सहित ९५ सदस्यीय समिति बनाइएको छ ।
सो पार्टीको अध्यक्ष माधव नेपाल रहेनेछन भने बरिष्ठ नेतामा झलनाथ खनाललाई राखिएको छ । अन्य सबै केन्द्रिय सदस्य रहने जनाइएको छ ।