नुवाकोटमा अध्यदेशको विरोधमा एमालेको शक्ति प्रदर्शन ( भिडियो सहित )

काठमाडौं । सरकारले संसद छलेर दल विभाजनसम्बन्धी अध्यादेश ल्याएको विरोधमा नेकपा एमाले नुवाकोटका विभिन्न जनवर्गिय संगठनले बुधवार सडक प्रदर्शन गरेका छन् । एकै दिन अध्यादेशको विरोधमा नुवाकोटको विदुरमा विरोधका दुई कार्यक्रम गरिएको छ ।
एमालेको युवा संगठन युवा संघ, अनेरास्ववियु, अखिल नेपाल महिला संघ र नेपाल खेलकुद महासंघले नेकपा एमालेको पार्टी कार्यालय विदुरदेखि विदुर चोकसम्म तथा विदुर चोकदेखि लोकतान्त्रिक चौतारोसम्म सरकारले ल्याएको अध्यादेश खारेजीको माग गर्दै सरकार विरोधी नारा जुलुशसहित विरोध प्रदर्शन गरेका हुन् । पहिलो कार्यक्रम अन्र्तगत अपरान्ह अध्यादेशको विरोधमा कालो व्यानर वोकेर नाराजुलुशसहित वजार परिक्रम गरिएको थियो ।

दोश्रो चरणको विरोध कार्यक्रम अन्र्तगत वेलुकी युवा, विद्यार्थीहरुको सहभागितामा सरकारले ल्याएको अध्यादेशको विरोधमा मशाल जुलुश प्रर्दशन गरिएको थियो । युवा, विद्यार्थीहरुले सरकारले दल टुक्राएर आफु शासन गर्नका लागि दल विभाजन सम्वन्धि अध्यादेश ल्याएको ठहर गर्दै हातमा मशाल वोकेर सरकार विरोध नारा लगाउंदै विदुर वजार परिक्रमा गरेका थिए ।
मशाल वोकेका युवा विद्यार्थीहरुलाई प्रहरीले धरपकड गरेको अनेरास्वियु नुवाकोटका अध्यक्ष विष्णु रिमाल सत्यले वताए । उनले सरकारले गरेको गलत क्रियाकलापको विरोधमा चरणवद्ध कार्यक्रम जारी रहने वताए ।
देशलाई अस्थिरतातर्फ धकेल्न सरकारले दल विभाजनको अध्यादेश ल्याएर जनविरोधी निर्णय गरेको जनाउंदै एमालेले प्रदर्शन गरेको हो । प्रर्दशनमा नेकपा एमाले जिन्दावाद, मापसे सरकार मुर्दावाद, दल विभाजनसम्बन्धी विधेयक खारेज गर जस्ता नारा लगाएर सहभागीहरुले विरोध प्रदर्शन गरेका हुन् ।