साताको अन्तिम दिन नेप्से दोहोरो अंकले घट्यो - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

साताको अन्तिम दिन नेप्से दोहोरो अंकले घट्यो



काठमाडौं । निरन्तर दुई दिन नयाँ रेकर्ड बनाएको सेयर बजारमा बिहीबार भने दोहोरो अंकले गिरावट आएको छ । कारोबार र नेप्से परिसूचकमा नयाँ रेकर्ड बनाएको बजारमा बिहीबार भने करेक्शन भएको हो । राष्ट्र बैंकले गत साता सार्वजनिक गरेको मौद्रिक नीतिले सेयर कर्जामा कडाई गरेपछि त्यसको प्रभाव नेप्सेमा परेको हो ।

साताको अन्तिम १८.२४ अंकले घटेर ३१८०.७८ अंकमा बन्द भएको छ । यसअघि हिजो ३१९८.६० अंकमा पुगेर नयाँ रेकर्ड बनाएको थियो तर उक्त रेकर्डमा बिहीबार ब्रेक लागेको हो ।

विहीबार २२९ कम्पनीको ३ करोड ४ लाख ९९ हजार कित्ता सेयर १ लाख ८८ हजार पटक किनबेच हुँदा २० अर्ब ४९ करोड ९२ लाख १० हजार रुपैयाँको कारोबार भएको छ ।


प्रतिक्रिया दिनुहोस्