शनिबार थप २०७५ जनामा कोरोना संक्रमण, ३० जनाको मृत्यु

काठमाडौं । आज शनिबार पछिल्लो २४ घण्टामा देशभर २ हजार ७५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
७ हजार ७ सय ३ पीसीआर परीक्षणमा १ हजार ४ सय २४ र ५ हजार ३ सय ७२ एन्टिजेन परीक्षणमा ६ सय ५१ जना गरी २ हजार ७५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा २३८२ जना संक्रमणमुक्त भएका छन् । यो संगै कोरोना संक्रमणमुक्त् हुनेको संख्या ६ लाख ९५ हजार ९ सय २५ पुगेको छ । त्यसैगरी ३० जनाको मृत्यु भएको छ । यो संगै कोरोना संक्तमणबाट मुत्यु हुनेको संख्या १० हजार ४ सय ८५ पुगेको छ ।हाल देशभर ३९ हजार ३ सय २१ जना संक्रिय संक्रमित रहेका छन ।