एटिएममा पर्याप्त पैसा नराखे बैंकलाई १० हजार रुपैयाँ जरिवाना « Arthapath.com
४ जेष्ठ २०८२, आईतबार

एटिएममा पर्याप्त पैसा नराखे बैंकलाई १० हजार रुपैयाँ जरिवाना



काठमाडौं । एटिएममा प्रयाप्त रकम नराख्ने बैंकलाई जरिवाना तिराईने भएको छ । भारतको आरबिआई बैंकले एटिएममा प्रयाप्त रकम नराख्ने बैंकलाई १० हजार रुपैयाँ जरिवाना हुने नयाँ नियम बनाएको हो ।

भारतको केन्द्रिय बैंक रिजर्भ बैंक अफ इण्डिया (आरबिआई) ले सर्कुलर जारी गर्दै एटिएममा पर्याप्त रकम राख्न निर्देशन दिएको हो । पर्याप्त रकम नराखेको पाईएमा नगद जरिवाना गरिने सर्कुलरमा उल्लेख छ ।

नयाँ नियम अनुसार १ महिनाको अवधिमा कूल १० घण्टा एटिएममा पैसा नरहेको पाईएमा प्रति एटिएम १० हजार नगद जरिवाना हुने बैंकले जनाएको छ । यो नियम आगामी अक्टोबर १ देखि लागु हुने बताईएको छ । यदि एटिएममा पैसा नभएको कारणले नै ग्राहकले पैसा झिक्न नपाएको अवस्थामा यो नियम लागू हुने बताईएको छ ।

यस बारे बैंकहरुले मिश्रित प्रतिक्रिया दिएका छन् । कतिपय ठाउँका एटिएममा पैसा लोड गरेको केहि समयमा पैसा सकिने भएकोले यो नियम गलत हुने केहि बैंकहरुले बताएका छन् । यस्तो अवस्थामा एटिएम नै बन्द गर्न पर्ने अवस्था आउने उनीहरुको भनाई छ । टाइम्स अफ इण्डियाका अनुसार हाल भारतमा २ लाख १३ हजार ७ सय ६६ वटा एटिएम रहेका छन् भने स्टेट बैंकको सबै भन्दा धेरै ६३ हजार ९ सय वटा एटिएम छन् ।


प्रतिक्रिया दिनुहोस्