अन्तराष्ट्रिय कानुनलाई परिभाषित गर्दा राजीनामा दिन बाध्य भएः सीईओ साउद

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत (सीईओ) चन्द्रसिंह साउदले राजीनामा दिएका छन् । बुक बिल्डिङ विधिबाट आईपीओ निष्काशन गर्ने प्रक्रियामा रहेको सर्वोत्तम सिमेन्टको सेयर परिवारका नाममा किनेको प्रमाण सार्वजनिक भएपछि विवादमा तानिएका थिए ।
यस अघि उनलाई अर्थ मन्त्रालयले स्पष्टीकरण समेत सोधेको थियो । संसदको अर्थ समितिका सदस्यहरुले साउदलाई निलम्बन गरी कारवाही सुरु गर्न अर्थ मन्त्रालयको ध्यानाकर्षण गराएका थिए । सीईओ साउँदले आफ्नी श्रीमतिको नाममा सेयर किनेपछि विवादमा तानिएका थिए
तर उनले आफ्नो कार्यकालमा पूँजी बजारले ठूलो फड्को मारेको दावी गरेका छन् । आफूलाई सीईओ पदमा रहँदा अनेकन आरोप तथा लाल्छना लगाईएको र नियम अनुसार नै सेयर किनेको उनको भनाई छ ।
नेपाली कानुनमा सीईओले पनि कुनैपनि कम्पनीको सेयर किन्न मिल्ने ब्यवस्था भएको भएपनि आफूलाई अन्तराष्ट्रिय कानुनलाई परिभाषित गरेर आरोप लगाइएकाले राजीनामा दिन बाध्य भएको सीईओ साउदले बताए ।




