कोरोना विरुद्ध अग्र मोर्चामा सनराइज बैंक, सरकारी अस्पताल र प्रदेशमा पिपिइ वितरण « Arthapath.com
१६ चैत्र २०७६, आईतवार

कोरोना विरुद्ध अग्र मोर्चामा सनराइज बैंक, सरकारी अस्पताल र प्रदेशमा पिपिइ वितरण



काठमाडौं । विपत्तीको बेलामा कुनैपनि कर्पोरेट हाउसको सामाजीक उत्तरदायित्व भुल्नु हुँदैन । त्यस्तै उदाहरणीय कार्यमा जुटेको छ सनराइज बैंक । बिपत्तीको समयमा नेपालमा रहेका स्वास्थ्यकर्मीहरुले प्रयोग गर्ने सुरुक्षा सामाग्री पिपिइ वितरणलाई ३ दिनदेखी बैंकले निरन्तरता दिँदै आएको छ ।

यस क्रममा सनराइज बैंकले सरकारी तवरबाट उपलव्ध हुन नसकेको पिपिइ खरिद गरी ल्याएर वितरण गरिरहेको छ । बैंकले नेपाल प्रहरी अस्पताललाइ ६५ थान, वीर अस्पताललाई २५ थान र शुक्रराज ट्र«पिकल तथा सरुवा रोग अस्पताललाई २५ थान, पाटन अस्पताललाई २० थान र विपि स्मृती अस्पताललाई १० थान डाक्टर तथा नर्सका लागि आवश्यक व्यक्तिगत सुरक्षात्मक उपकरण पिपिइ वितरण गरेको हो ।

कोरना भाइरसको उपचारमा खटिने चिकित्सक र नर्सका लागि पिपिइ दिएको हो । बाँकी ६ ओटा प्रदेशमा भोलीसम्ममा पिपिइ वितरण गरिसक्ने बैंकका सिईओ जनक शर्मा पौडेलले बताए । बैंकको प्रादेशिक कार्यालयमार्फत प्रदेक प्रदेशमा २५–२५ थानका दरले पिपिइ वितरणको तयारी गरेको हो ।

बैंकले के शनिबार के सरकारको लक डाउन कसनै प्रवाहनै नगरी बैंक कर्मचारीहरुले आफ्नो ज्यान नै जोखिममा राखेर सामाग्री वितरणमा खटिएका हुन । शनिबार बंैकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले वीर अस्पतालका निर्देशक डा. केदार शेन्चुरीलाई २५ थान पिपिइ हस्तान्तरण गर्नुभयो । साथै शुक्रराज ट्र«पिकल तथा सरुवा रोग अस्पतालमा डा. सुशिल शर्मालाई पिपिइ हस्तान्तरण गर्नुभयो ।

कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत पौड्यालले मुलुकमा आइपरेको कठिन परिस्थितीमा समेत चिकित्सक र नर्सले निभाएको भूमिका सराहनीय रहेको बताउँदै सामाजिक उत्तरदायित्व वहन गर्दै प्रहरी अस्पतालमा खटिने स्वास्थ्यकर्मीका लागि सहयोग गरेको बताउनु भयो ।

कार्यक्रमा बैंकले दिएको सहयोगले अस्पतालका स्वास्थ्यकर्मीलाई सुरक्षामा सहयोग पुग्ने बताउनु भयो । सो अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले यस्तो अवस्थामा सन्राइज बैंकले सम्पुर्ण देश बासीलाई थोरै थोरै भए पनि मलम लगाउने उदेश्यले सातैं वटा प्रदेशमा व्यक्तिगत सुरक्षात्मक उपकरण उपकरण वितरण गर्ने जानकारी दिनुभयो ।

बैंकले करिव ३ सय थान पिपिइ वितरण गर्न लागेको हो । यस्तो अवस्थामा बैंकले स्वास्थ्यकर्मीहरुको शुरक्षालाई पहिलो प्रथामिकतामा राखेको र बैंककले सामाजिक उत्तरदायित्व अन्र्तगत सो सामाग्री उपलव्ध गराएको हो ।


प्रतिक्रिया दिनुहोस्