राष्ट्रिय अपाङ्ग अनुसन्धान तथा विकास केन्द्र नुवाकोट शाखाले ३० जनालाई दियो राहात
काठमाडौ । राष्ट्रिय अपाङ्ग अनुसन्धान तथा विकास केन्द्र नुवाकोट शाखाले ३० जनालाई राहात दिएको छ । शाखाले आज एक कार्यक्रम गदै अपाङ्गता भएका ३० जना व्यक्तिहरूलाई दाल चामल नुन तेल सावुन र माक्स राहात सामग्री वितरण गरेको छ ।
नेपाली कांग्रेसका नुवाकोट पोर्चुगल सम्पर्क समितिका अध्यक्ष तथा बेलकोटगढि नगरपालीका समाजसेवी बिमल सिलवालले उक्त राहात साम्रागी सहयोग गरेको संस्थाका अध्यक्ष भरथप्रसाद दाहालले जानकारी दिएका छन ।
राष्ट्रिय अपाङ्ग अनुसन्धान तथा विकास केन्द्र नुवाकोट शाखाले आयोजना गरेको अपाङ्ग भएक व्यक्तीलाई राहात वितरण गर्ने कार्यक्रममा बेलकोटगढी नगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष, एकल महिला सन्जाल नुवाकोटका संस्थापक अध्यक्ष देवकी पौडेल समाजसेवी बेलकोटगढी नगरपालिका वडा नम्बर १२ का विष्णु प्रसाद सिलवाल लगायतको उपस्थित रहेको थिया ।














