२४ भदौ २०८३, बुधबार

एमालेका सचिव भीम आचार्यका भाइ मृत भेटिए



काठमाडौं । प्रदेश १ का अब बन्ने मुख्यमन्त्री नेकपा एमालेका सचिव भीम आचार्यका भाइ मृत भेटिएका छन् । आचार्यका भाइ ५९ वर्षीय रामप्रसाद आचार्य घरमै मृत भेटिएको प्रहरी स्रोतले जनाएको छ ।

आचार्य इनवरुवा नगरपालिका–३ स्थित घरमा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय सुनसरी स्रोतले जनाएको छ ।

उनी बिहीबार बिहीबार बिहान मृत भेटिएका हुन् । प्रहरी स्रोतका अनुसार उनी मृत भेटिएको कोठाको भित्रबाटै चुक्कुल लगाइएको छ । मृत भेटिएको सूचना पाएपछि प्रहरी टोली उनको घर पुगेको छ ।