नेप्सेमा अपि पावरको २९.३८ प्रतिशत हकप्रद सूचीकृत - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

नेप्सेमा अपि पावरको २९.३८ प्रतिशत हकप्रद सूचीकृत



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा अपि पावर कम्पनीको हकप्रद सेयर सूचीकृत भएको छ । स्टकका अनुसार अपि पावर कम्पनी लिमिटेडको २९.३८ प्रतिशत हकप्रद बापतको ५६ लाख ७० हजार कित्ता सेयर सूचीकृत भएको हो ।

अपि पावर कम्पनी लिमिटेडले जेठ २० गतेदेखि असार १३ गते, आइतबारसम्म १ बराबर ०ः२९३८ को अनुपातमा प्रतिसेयर १०० रूपैयाँ अंकित दरमा ५६ लाख ७० हजार कित्ता हकप्रद सेयर निष्कासन तथा बिक्री खुल्ला गरेको थियो ।


प्रतिक्रिया दिनुहोस्