नेप्सेमा आरविविको १२ करोड ५० लाख इकाई सहित १३ करोड १० लाख कित्ता सेयर सूचीकृत - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

नेप्सेमा आरविविको १२ करोड ५० लाख इकाई सहित १३ करोड १० लाख कित्ता सेयर सूचीकृत



काठमाडौं । गत साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा १३ करोड भन्दा बढी सेयर सूचीकृत भएको छ । गत साता विभिन्न कम्पनीको हकप्रद सेयर, म्युचुअल फण्ड र बोनस सेयर बापतको १३ करोड १० लाख कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । गत साता नेप्सेमा आरविवि म्युचुअल फण्ड–१, अपि पावर कम्पनीको हकप्रद सेयर र सूर्योदय लघुवित्त वित्तीय संस्थाको बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।

गत साता नेप्सेमा आरविवि म्युचुअल फण्ड १ सूचीकृत भएको छ । राष्ट्रिय वाणिज्य बैंक कोष प्रवद्धक रहेको आरविवि म्युचुअल फण्ड अन्तर्गत सञ्चालित पहिलो बन्दमुखी योजना “आरविवि म्युचुअल फण्ड १” नेप्सेमा सूचीकृत भएको हो । उक्त फण्ड अन्तर्गतको १२ करोड ५० लाख इकाई नेप्सेमा सूचीकृत भएको हो । रष्ट्रिय वाणिज्य बैंक लिमिटेडको सहायक कम्पनी आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेडले आरविवि म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने गरी असार २३ गतेदेखि असार २७ गतेसम्म ‘आरविवि म्युचुअल फण्ड १’ निष्कासन गरेको थियो ।

त्यस्तै, अपि पावर कम्पनीको ५६ लाख ७० हजार कित्ता हकप्रद सेयर सूचीकृत भएको छ । कम्पनीको २९.३८ प्रतिशत हकप्रद वापत सेयर नेप्सेमा सूचीकृत भएको हो । कम्पनीले जेठ २० गतेदेखि असार १३ गतेसम्म १ बराबर ०ः२९३८ को अनुपातमा प्रतिसेयर १०० रूपैयाँ अंकित दरमा ५६ लाख ७० हजार कित्ता हकप्रद सेयर निष्कासन तथा बिक्री खुल्ला गरेको थियो ।

त्यस्तै, नेप्सेमा सूर्योदय लघुवित्तको ३ लाख ३० हजार कित्ता बोनस सेयर सूचीकृत भएको हो । संस्थाको १५.३५ प्रतिशत बोनस वापतको सेयर नेप्सेमा सूचीकृत भएको हो । लघुवित्तले आर्थिक वर्ष २०७६–७७ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई १५.३४५७७ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.८०७६७ प्रतिशत नगद गरि कुल १६.१५३४४५७ प्रतिशत वितरण गरेको थियो ।


प्रतिक्रिया दिनुहोस्