नेप्सेमा ५० अंकको गिरावट, साढे १५ अर्बको कारोबार हुँदा फाइनान्स समूहबाहेक सबै राताम्य
काठमाडौं । साताको पहिलो दिन नेप्से परिसूचक घटेको छ । साताको पहिलो दिन आइतबार नेप्से परिसूचक ४९.१८ अंकले घटेर ३०४४.८६ अंकमा बन्द भएको छ । यसअघि गत साताको अन्तिम दिन १७ अंकले बढेको थियो । निरन्तर उकालो लागेको नेप्से परिसूचक मौद्रिक नीति सार्वजनिक भएपछि निरन्तर ओरालो लाग्दै आएको छ ।
आइतबार २२७ कम्पनीो २ करोड ४८ लाख ८८ हजार कित्ता सेयर १ लाख ५९ हजार पटक किनबेच हुँदा १५ अर्ब ६५ करोड १२ लाख ४४ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । आइतबार फाइनान्स समूह बाहेक अन्य सबै समूहमा राताम्य छाएको छ ।
आइतबार कारोबार खुला भएको केही समयसम्म दोहोरो अंकले बढेको थियो । बजार घटेपनि नारायणी डेभलपमेन्ट बैंकका लगानीकर्ताहरुले राम्रो कमाएका छन् ।
बजार घट्दा पनि ५० भन्दा धेरै कम्पनीले राम्रो आम्दानी गरेका छन् । सबैभन्दा धेरै कमाउने शिर्ष स्थानमा नारायणी डेभलपमेन्ट बैंक देखिएको छ । यो बैंकको शेयर मूल्यमा आइतबार सकारात्मक सर्किट नै लागेको छ । आँखुखोला हाइड्रोपावर कम्पनीको शेयर मूल्यमा पनि सकारात्मक सर्किट नै लागेको छ ।















