बुद्धभुमी नेपालको आइपिओमा आवेदन दिने म्याद भोलीसम्म थपियो

काठमाडौं । बुद्धभुमि नेपाल हाइड्रोपावरको आईपीओमा आवेदन दिने म्याद थप भएको छ । आयोजना प्रभावित क्षेत्र नुवाकोटका स्थानीय बासिन्दाका लागि निष्काशन गरेको प्राथमिक शेयरमा आवेदन दिने म्याद थप भोलीसम्म थप भएको हो ।
आज सार्वजनिक विदा परेकोले साउन ३२ गतेबाट निष्काशन गरेको शेयरमा आवेदन दिने समय भोलीसम्म थप भएको हो । समय थप भएसंगै उक्त शेयरमा नुवाकोटका स्थानीय बासिन्दाले भोलीसम्म आवेदन दिन पाउने छन ।
हाइड्रोपावरले १ सय रुपैया अंकित १२ लाख कित्ता साधारण शेयरमध्ये ४ लाख कित्ता शेयर आयोजना प्रभावित क्षेत्र नुवाकोट जिल्लाका बासिन्दाहरुका लागि निष्काशन गरेको हो ।
इच्छुक आयोजना प्रभावित क्षेत्रका लगानीकर्ताले न्यूनतम १० कित्ता शेयर खरिदका लागि आवेदन दिन सक्नेछन् भने अधिकतममा ५० हजार कित्ताका लागि आवेदन सक्ने छन ।
आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट लिमिटेडका अनुसार शुक्रबारसम्म १५ करोड ३१ लाख बराबरको २१ हजार ४७६ जना आवेदकले १५ करोड ३१ लाख कित्ता लागि आबेदन दिएका छन् । यो माग गरिएकोभन्दा ३८३ प्रतिशत बढी आवेदन परेको हो ।
कम्पनीको आईपोओमा ज्योति विकास बैंक लिमिटेडको (बट्टार, छहरे, देउराली, रानीपौवा, महादेभफाँट, सामरी, समुन्द्रटार, त्रिशुली नुवाकोट, गल्छी धादिङ्ग) शाखा, प्रभु बैंक लिमिटेडको (बट्टार, महादेभफाँट नुवाकोट) शाखा तथा सिभिल र्बैक लिमिटेडको ककनी एक्सटेन्सन काउन्टर, टोखा, चावहिल, गोङ्गबु, स्वयम्भू, कपन तथा मुख्य शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।
नुवाकोटका स्थानियले आवेदन दिन पाउने बुद्धभुमि हाइड्रोपावरको सेयर इसेवाबाट समेत आवेदन दिन मिल्ने