सोमबार थप २२९५ जनामा कोरोना संक्रमण, १६ जनाको मृत्यु « Arthapath.com
६ जेष्ठ २०८२, मंगलबार

सोमबार थप २२९५ जनामा कोरोना संक्रमण, १६ जनाको मृत्यु



काठमाडौं । आज सोमबार पछिल्लो २४ घण्टामा थप २ हजार २ सय ९५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ११ हजार ८ सय ९२ पीसीआर परीक्षणमा १ हजार ९ सय २ जना र ४ हजार ३ सय ४१ एन्टिजेन परीक्षणमा ३ सय ९३ जना गरी २ हजार २ सय ९५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

त्यसैगरी वितेको २४ घण्टामा १६ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ । यो संगै कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १० हजार ७ सय ३० पुगेको छ ।

त्यसगैरी १ हजार ८ सय ८ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन । यो संगै हालसम्म कोरोना संक्तमणमुक्त हुनेको संख्या ७ लाख १४ हजार ५ सय २० पुगेको छ । भने कोरोना संक्रमित हुनेको संख्या ७ लाख ६१ हजार १ सय २४ पुगेको छ ।


प्रतिक्रिया दिनुहोस्