सामाजिक सुरक्षा कार्यक्रम लागु गर्न घरेलु तथा साना उद्योग महासंघ तयार « Arthapath.com
६ जेष्ठ २०८२, मंगलबार

सामाजिक सुरक्षा कार्यक्रम लागु गर्न घरेलु तथा साना उद्योग महासंघ तयार



काठमाडौं । सरकारले लागु गरेको योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम लागु गर्न तयार रहेको नेपाल घरेलु तथा साना उद्योग महासंघले जनाएको छ । नेपाल ट्रेड युनियन महासंघ (जिफण्ट) सँग सोमबार महासंघको सचिवालयमा आयोजित छलफल कार्यक्रममा अध्यक्ष श्याम गिरीले सामाजिक सुरक्षा कार्यक्रम लागु गर्ने विषयमा महासंघ प्रतिवद्घ रहेको बताएका हुन ।

उद्योगमा काम गर्ने कामदारको सुरक्षा महासंघको प्रमुख प्राथमिकता रहेको भन्दै उहाँले उद्योगमा कार्यरत श्रमिकसँगको सम्बन्धलाई महासंघले सधै उच्च प्राथमिकतामा राख्दै आएको बताए । यो कार्यक्रमको अवधारणा महासंघले वर्षौंदेखि उठाउँदै आएको जानकारी दिंदै अध्यक्ष गिरीले भने र्– तर घोषणा गर्ने क्रममा अर्थमन्त्रालयले उद्योगीहरुमा केही भ्रम पैदा गरेको हुनाले अलमल भएको हो ।’

सो अवसरमा नेपाल ट्रेड युनियन महासंघ (जिफण्ट) बागमती प्रदेश संगठन कमिटीले सामाजिक सुरक्षा कार्यान्वयनसम्बन्धी ध्यानाकर्षण पत्र महासंघलाई बुझाएको थियो ।ध्यानाकर्षण पत्र महासंघलाई बुझाउँदै जिफण्ट बागमती प्रदेश संगठन कमिटीका अध्यक्ष रामहरी नेपालले न्यून पारिश्रमिकमा अधिकतम उत्पादकत्व सम्भव नभएको भन्दै निश्चिन्त भएर काम गर्ने वातावरण निर्माण गरिनुपर्नेमा जोड दिएका छन ।

२०७५ साल मङ्सिर ११ गते नेपाल सरकारद्घारा आयोजना गरिएको योगदानमा आधारित सामाजिक सुरक्षा घोषणा समारोहमा नेपालका सबै उद्योग व्यवसायीहरुको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघ, ट्रेड युनियन महासंघ तथा अन्तराष्ट्रिय श्रम संगठन (आइएलओ) को समेत सहभागिता रहेको जानकारी दिंदै उहाँले नेपालका उद्योग व्यवसायीका प्रतिनिधिहरुले कोषको कार्यान्वयन गर्ने प्रतिवद्घताका साथै कोषको सञ्चालक समितिमा समेत रहेको जनाएका छन

कार्यक्रममा महासंघका वरिष्ठ उपाध्यक्ष उमेशप्रसाद सिंह, उपाध्यक्षद्घय हरिहर थापा र मोहन कटुवाल, महासंघ महिला समिति उपाध्यक्ष रोशनी उपाध्याय, जिफण्टका तर्फबाट उपाध्यक्ष जितेन्द्र श्रेष्ठ, जिफण्ट बागमती प्रदेश संगठन कमिटीका अध्यक्ष रामहरी नेपाललगायतको सहभागिता रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्