कृषि विकास बैंकको ५ वर्षसम्मको लाभांश दावी गर्न आग्रह, असोज २५ गतेसम्म नआए कोषमा जम्मा हुने « Arthapath.com
३ जेष्ठ २०८२, शनिबार

कृषि विकास बैंकको ५ वर्षसम्मको लाभांश दावी गर्न आग्रह, असोज २५ गतेसम्म नआए कोषमा जम्मा हुने



काठमाडौं । कृषि विकास बैंक लिमिटेडले ५ वर्षभन्दा पुरानो लाभांश लिन आउन सेयरधनीहरुलाई आग्रह गरेको छ । बैंकले आज एक सूचना प्रकाशित गरी विभिन्न साधारणसभाहरुबाट पारित भएबमोजिम चालु आर्थिक वर्षसम्ममा ५ वर्षभन्दा पुरानो लाभांश रकम लिन आउन सम्बन्धित सेयरधनी वा निजको हकवालालाई सूचित गरेको हो ।

‘बैंकले विभिन्न साधारण सभाहरुबाट पारित भएबमोजिम चालुआर्थिक बर्षसम्म ५ बर्ष भन्दा पुरानो लाभांश रकम सम्वन्धित सेयरधनीले वा निजको हकवालाले हालसम्म पनि लिन नआउनु भएको तथा हकदावी समेत नपरेकाले आफ्नो लिन बाँकी लाभांश पूर्जा यस कम्पनीको सेयर रजिष्ट्रार एनआईबिएल एस क्यापिटल लाजिम्पाट काठमाडौांमा सम्पर्क गरी सेयरधनीहरुले आफ्नो लाभांश पूर्जा लिन हुन अनुरोध गर्दछ’ बैंकले सूचनामा भनेको छ ।

साथै शेयरधनीहरुको जानकारीको लागि ५ बर्षसम्म कुनै लगानीकर्ताको दावी प्रस्तुत हुन नआएको लाभांश रकम ऐन अनुसार लगानीकर्ता संरक्षण कोषमा जम्मा हुने बैंकले जनाएको छ । उक्त लाभांश लिन छुटेका शेयरधनीहरुले असोज २५ गतेसम्म संकलन गरि आफ्नो खातामा लाभांश रकम रकमान्तर गर्न बैंकले भनेको छ ।

एनआईबिएल एस क्यापिटलमा सम्पर्क राख्न असमर्थ सेयरधनीहरुले कृषि विकास बैंकको कुनै पनि शाखा कार्यालयमार्फत आवेदन दिई भौतिक सेयर प्रमाणपत्र तथा नगद लाभांश पुर्जा संकलन गर्न सक्ने छन् ।


प्रतिक्रिया दिनुहोस्