नेप्सेमा विभिन्न ४ कम्पनीको सेयरमूल्य समायोजन, कुन कम्पनीको कति छ समायोजित मूल्य ? - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

नेप्सेमा विभिन्न ४ कम्पनीको सेयरमूल्य समायोजन, कुन कम्पनीको कति छ समायोजित मूल्य ?



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा विभिन्न ४ कम्पनीको सेयर मूल्य समयोजन भएको छ । शुक्रबार अपि पावर कम्पनी लिमिटेड, ङादी ग्रुप पावर कम्पनी लिमिटेड, एनएमबि हाइब्रिड फण्ड एल १ र एनएमबि ५० को मूल्य समायोजन भएको नेप्सेले जनाएको छ ।

अपि पावर कम्पनी लिमिटेडको १०.५ प्रतिशत बोनस सेयरपश्चात् प्रतिकित्ता ४७८ रूपैयाँ ७३ पैसा कायम हुने गरी सेयरमूल्य समायोजन गरेको नेप्सेले जनाएको छ । नेप्सेले बिहीबारको अन्तिम कारोबार मूल्य ५ सय २९ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

ङादी ग्रुप पावर कम्पनी लिमिटेडको २० प्रतिशत बोनस सेयरपश्चात् प्रतिकित्ता ८०७ रूपैयाँ ५० पैसा कायम हुने गरी सेयरमूल्य समायोजन गरेको छ । नेप्सेले बिहीबारको अन्तिम कारोबार मूल्य ९६९ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

एनएमबि हाइब्रिड फण्ड एल १ को २० प्रतिशत लाभांश पछि नेप्सेले प्रतिइकाई ११ रूपैयाँ ८० पैसा कायम हुने गरी इकाईमूल्य समायोजन गरेको छ । नेप्सेले बिहीबारको अन्तिम कारोबार मूल्य १३ रूपैयाँ ८० पैसाका आधारमा मूल्य समायोजन गरेको हो ।

एनएमबि ५० फण्डको ३० प्रतिशत लाभांश पछि नेप्सेले प्रतिइकाई १२ रूपैयाँ ५३ पैसा कायम हुने गरी इकाईमूल्य समायोजन गरेको छ । नेप्सेले बिहीबारको अन्तिम कारोबार मूल्य १५ रूपैयाँ ५३ पैसाका आधारमा मूल्य समायोजन गरेको हो ।


प्रतिक्रिया दिनुहोस्