नेप्सेमा नेपाल राष्ट्र बैंकको १५ अर्बको ऋणपत्र सूचीकृत
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा १५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र सूचीकृत भएको छ । नेपाल राष्ट्र बैंकको १५ अर्ब रुपैयाँको विकास ऋणत्रपत्र सूचीकृत भएको नेप्सेले जनाएको छ ।
शुक्रबार नेपाल सरकारको तर्फबाट नेपाल राष्ट्र बैंकले निष्कासन गरेको ५ वर्ष अवधि भएको २०८३ ‘ङ’ नामको १५ अर्ब रूपैयाँ बराबरको विकास ऋणपत्र नेप्सेमो सूचीकृत भएको हो । उक्त ऋणपत्रको व्याजदर ४.३७ प्रतिशत रहेको छ ।
नेप्सेले धितोपत्र सूचिकरण विनियमावली २०७५, को विनियम ८ अनुसार उक्त ऋणपत्रहरू सूचिकृत गरेको हो ।














