त्रिविको दीक्षान्त समारोहमा सहभागी हुन सोमबारबाटै अनलाइन आवेदन दिन सकिने « Arthapath.com
६ जेष्ठ २०८२, मंगलबार

त्रिविको दीक्षान्त समारोहमा सहभागी हुन सोमबारबाटै अनलाइन आवेदन दिन सकिने



काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले आगामी दीक्षान्त समारोहका अनलाइनबाट पनि आवेदन दिन मिल्ने भएको छ । भोलि सोमबारबाट दीक्षान्त समारोहमा सहभागी हुन आवेदन दिन सक्ने छन् ।

दीक्षान्त समारोहमा २०७७ असार १ गतेदेखि २०७८ जेठ मसान्तसम्म ट्रान्सक्रिप्ट लिएका विद्यार्थीहरूले मात्र दीक्षित हुन फारम भर्न पाउने व्यवस्था गरेको त्रिविले जानकारी दिएको छ ।

अनलाइन फारम भर्नेहरूले लागि आगामी पुसभित्रै दीक्षान्त समारोहमा सहभागी गराउने त्रिविले जनाएको छ । २०७७ असार १ गतेदेखि २०७८ जेठ मसान्तसम्म करिब ३० हजार विद्यार्थीहरुले ट्रान्सक्रिप्ट लिएको त्रिभुवन विश्वविद्यालयले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्