नेशनल बैंकिङ्ग इन्ष्टिच्युट र कामना सेवा विकास बैंकबीच सम्झौता « Arthapath.com
३ जेष्ठ २०८२, शनिबार

नेशनल बैंकिङ्ग इन्ष्टिच्युट र कामना सेवा विकास बैंकबीच सम्झौता



काठमाडौं । नेशनल बैंकिङ्ग इन्ष्टिच्युट लि. र कामना सेवा विकास बैंक लि. बीच सम्झौता भएको छ । नेशनल बैंकिङ्ग इन्ष्टिच्युट र कामना सेवा विकास बैंक भदौ २० गते तालिम कार्यक्रम संचालन सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

सम्झौताअनुसार एन.बी.आईले कामना सेवा विकास बैंक लि. का कर्मचारीहरुको कार्यदक्षता विकासका लागि विभिन्न तालिमहरु उपलब्ध गराउने छ ।

उक्त सम्झौतापत्रमा कामना सेवा विकास बैंक लि. का तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतल र नेशनल बैंकिङ्ग ईन्ष्टिच्युटका प्रमुख कार्यकारी अधिकृत कुमार लम्सालबीच हस्ताक्षर भएको छ ।


प्रतिक्रिया दिनुहोस्