प्राइम बैंकको ८.७५℅ डिवेन्चर नेप्सेमा सूचीकृत « Arthapath.com
३ जेष्ठ २०८२, शनिबार

प्राइम बैंकको ८.७५℅ डिवेन्चर नेप्सेमा सूचीकृत



काठमाडौँ । प्राइम कमर्सियल बैंंकले निष्कासन गरेको ८.७५℅ प्राइम डिवेन्चर २०८५ ऋणपत्र नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भएको छ । 

प्रति थान १००० को दरले हुन आउने २ अर्ब ४४ करोड ७९ लाख ६३ हजार रुपैयाँ बराबरको २४,४७,९६३ थान डिवेन्चर  नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा कारोबार हुन सक्ने गरी सूचीकरण गर्ने सम्झौता सम्पन्न भयो । 

उक्त सम्झौता पत्रमा नेपाल स्टक एक्सचेन्ज लिमिटेडको तर्फबाट निमित्त प्रमुख कार्यकारी अधिकृत निरञ्जन फुयाँल र प्राइम कमर्सियल बैङ्क लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायणदास मानन्धरले हस्ताक्षर गर्नुभएको छ । 


प्रतिक्रिया दिनुहोस्