बैंक अफ काठमाण्डूका ग्राहकलाई फर्निचर वान स्टोरमा २०% सम्म छुट « Arthapath.com
३ जेष्ठ २०८२, शनिबार

बैंक अफ काठमाण्डूका ग्राहकलाई फर्निचर वान स्टोरमा २०% सम्म छुट



काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेड र फर्निचर वान स्टोर बिच बैंकको डेबिट कार्ड÷क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग बाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा बैंकको आदरणीय ग्राहकहरुलाई २०% सम्म छुट उपलब्ध गराउने सम्झौता भएको छ ।

यस सम्झौता पश्चात् ग्राहक महानुभावहरुले फर्निचर वान स्टोरबाट घर तथा अफिसको लागि आवश्यक फर्निचरहरु खरिद वापत बैंकको कार्ड तथा मोबाइल बैंकिङ्गको प्रयोग गरी भुक्तानी गर्दा वास्तविक मुल्यको २०% सम्म छुट पाउनुहुनेछ । फर्निचर वान स्टोरले डिल्लिबजारबाट सेवाग्राहीहरुलाई आवश्यक गुणस्तरिय फर्निचरहरु बिक्री गर्दै आईरहेको छ ।

बैंक अफ काठमाण्डू लिमिटेडले ९० शाखा कार्यालयहरु, ८० एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।


प्रतिक्रिया दिनुहोस्