प्रतिकित्ता २१० रूपैयाँमा खरिद गर्न मिल्ने प्रभु बैंकको २ लाख कित्तामा आवेदन दिने आज अन्तिम दिन « Arthapath.com
३ जेष्ठ २०८२, शनिबार

प्रतिकित्ता २१० रूपैयाँमा खरिद गर्न मिल्ने प्रभु बैंकको २ लाख कित्तामा आवेदन दिने आज अन्तिम दिन



काठमाडौं । प्रभु बैंक लिमिटेडको संस्थापक समूहको शेयरमा आवेदन दिने आज भदौ २८ गते अन्तिम दिन रहेको छ । बैंकले भदौ १५ गतेदेखि लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेको संस्थापक समूहको २ लाख ५२ हजार ७ सय २८ कित्ता शेयर बिक्री खुला गरेको थियो । उक्त संस्थापक शेयरमा आवेदन दिने आज भदौ २८ गते सोमबार अन्तिम दिन हो ।

बैंकले उक्त शेयरको न्यूनतम मूल्य प्रतिशेयर २ सय १० रूपैयाँ तोकिएको छ । लगानीकर्ताले सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ ।

लगानीकर्ताले न्युनतम १ हजार कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा सम्पूर्ण कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन् ।

कम्पनीको निष्कासन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताहरुले मुक्तिनाथ क्यापिटल लिमिटेड, कमलादी, काठमाडौँमा आईपुग्ने गरी आवेदन दिन सक्नेछन् ।


प्रतिक्रिया दिनुहोस्