सिटिजन्स बैंकद्धारा सुदूरपश्चिम प्रदेशलाई ७ लाख सहयोग « Arthapath.com
२१ जेष्ठ २०८३, बिहिबार

सिटिजन्स बैंकद्धारा सुदूरपश्चिम प्रदेशलाई ७ लाख सहयोग



काठमाडौं । सिटिजन्स बैंकले कोरोना रोकथामका लागि सुदूरपश्चिम प्रदेश सरकारलाई ७ लाख सहयोग गरेको छ। सिटिजन्स बैंक सुदूरपश्चिम प्रमुख धिरज जोशीले प्रदेश सरकारले खडा गरेको कोरोना भाईरसको जोखिम नियन्त्रण, रोकथाम तथा व्यवस्थापन कोषमा ७ लाख सहयोग गरेका हुन्।

जोशीले उक्त रकम बराबरको चेक मुख्यमन्त्री त्रिलोचन भट्टलाई हस्तान्तरण गरेका हुन्। यसअघि अन्य बैँकहरुले पनि कोषमा सहयोग रकम जम्मा गरेका छन्।

प्रदेश सरकारले केही दिन अघि मात्र ४० करोडको कोरोना भाईरसको जोखिम नियन्त्रण, रोकथाम तथा व्यवस्थापन कोष स्थापना गरेको थियो। कोषमा विभिन्न संघसंस्था र सर्वसाधारणले समेत रकम जम्मा गर्न सक्नेछन्।


प्रतिक्रिया दिनुहोस्