कर विवरण बुझाउने आज अन्तिम दिन, आजपनि नबुझाए जरिवाना लाग्ने - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

कर विवरण बुझाउने आज अन्तिम दिन, आजपनि नबुझाए जरिवाना लाग्ने



काठमाडौं । कर विवरण बुझाउने आज अन्तिम दिन रहेको छ । आन्तरिक राजश्व विभागले कर विवरण बुझाउने समय एक साता थप गरेको थियो । कर विवरण भदौ २५ गतेभित्र बुझाउनु पर्ने भएपनि एक साता थप गरेर ३१ गतेसम्म कायम गरेको थियो ।

विद्युतीय माध्यमबाट बीजक जारी गर्न अनुमति लिएका करदाताले प्राविधिक कठिनाइको कारणले साउन महिनाको बिक्री खाता र खरिद खाता अपलोड गर्न नसकेको र मूल्य अभिवुद्रि कर विवरण समेत पेश गर्न नसकेको गुनासो आएकाका कारण एक साता थप गरेको थियो । त्यसैले आज कर विवरण बुझाउने अन्तिम दिन हो ।

करदाताले साउन महिनाको बिक्री तथा खरिद कारोबारको विवरण भदौ ३१ गतेभित्र अनिवार्य रुपमा अपलोड गर्न निर्देशन दिएको छ । आज भदौ ३१ गतेसम्म पनि कर विवरण नबुझाएमा जरिवाना लाग्ने राजश्व विभागले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्