राष्ट्र बैंकले २० अर्ब रुपैयाँ रिपो जारी गर्दे « Arthapath.com
२ जेष्ठ २०८२, शुक्रबार

राष्ट्र बैंकले २० अर्ब रुपैयाँ रिपो जारी गर्दे



काठमाडौं । नेपाल राष्ट्र बैंकले २० अर्ब रुपैयाँको रिपो जारी गर्ने भएको छ । केन्द्रीय बैंकले २ हप्ता समयावधिको २० अर्ब रुपैयाँ बराबरको रिपो जारी गर्ने भएको हो ।

राष्ट्र बैंकले ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले अनलाईन विडिङ्ग प्रणाली मार्फत सवा ३ बजे भित्र बोलकबोलमा सहभागी हुन पाउने भएका छन् । यो १४ दिनको समय अवधि रहेको छ । त्यसैले यो रिपो असोज १४ गते परिपक्व हुनेछ ।

बजारमा तरलता अधिक अभाव देखिएपछि राष्ट्र बैंकले रिपो जारी गरेको हो । राष्ट्र बैंकले २० अर्ब रुपैयाँ बजारमा पठाएर तरलताको समस्या व्यवस्थापन गर्न लागेको हो । बोलकबोलबाट व्याजदर निर्धारण हुनेछ ।


प्रतिक्रिया दिनुहोस्