तीन कम्पनीको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन, यसरि दिनुहोस आवेदन ? « Arthapath.com
३१ भाद्र २०७८, बिहीबार

तीन कम्पनीको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन, यसरि दिनुहोस आवेदन ?



काठमाडौं । तीन कम्पनिको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन हो । एनआईसी एशिया बैंकको स्वामित्वमा रहेका नागरिक लगानी कोष, मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था र आरएमडिसी लघुवित्त वित्तीय संस्थाको संस्थापक शेयरमा आवेदन दिने आज अन्तिम दिन हो ।

नागरिक लगानी कोषले ३ लाख ८१ हजार ९०२ कित्ता, मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले ८४ हजार ८९२ कित्ता र आरएमडिसी लघुवित्त वित्तीय संस्थाले ३ लाख ५ हजार ६५ कित्ता संस्थापक शेयर भदौ २१ गतेदेखि लिलामीमा विक्री खुल्ला गरेका थिए । उक्त लिलामी शेयरमा बोलपत्र पेश गर्ने आज अन्तिम दिन हो ।

बैंकको स्वामित्वमा रहेको मेरो माइक्रोफाइनान्सको ५२९ रुपैयाँ र आरएमडिसी लघुवित्तको ५४१ रुपैयाँ र नागरिक लगानी कोषको शेयरमूल्य न्यूनतम १ हजार २९४ रुपैयाँ तोकिएको छ । इच्छुक योग्यता पुगेको लगानिकर्ताले न्युनतम तोकिएको मुल्य वा सो भन्दा बढि मुल्य अंकित गरि बोलपत्र पेश गनुपर्ने कम्पनिले जनाएको छ ।

लगानिकर्ताले मेरो माइक्रोफाइनान्स र नागरिक लगानी कोषको शेयर खरीदका लागि न्यूनतम १०० कित्ता र आरएमडिसी लघुवित्तको शेयर खरीदका लागि न्यूनतम एक हजार कित्ताका लागि आवेदन दिनु पर्ने एनआइसी एशिया क्यापिटलले जनाएको छ ।

३ वटै कम्पनिको विक्री प्रबन्धकमा एनआइसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।

Tags :

प्रतिक्रिया दिनुहोस्