वाणिज्य बैंकहरुमध्ये सनराइज बैंकले सर्वाधिक १०.०७ प्रतिशत ब्याज दिने, कुन खातामा कति छ ? « Arthapath.com
२ जेष्ठ २०८२, शुक्रबार

वाणिज्य बैंकहरुमध्ये सनराइज बैंकले सर्वाधिक १०.०७ प्रतिशत ब्याज दिने, कुन खातामा कति छ ?



काठमाडौं । सनराइज बैंकले मुद्दती खातामा सर्वाधिक ब्याजदर उपलब्ध गराउने भएको छ । हालसम्म २५ वटा वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेको छन् । नयाँ ब्याजदर सार्वजनिक गरेका बैंकहरुमध्ये सनराइज बैंकले सर्वाधिक ब्याज दिने जनाएको हो ।

बैंकले असोज १ गतेदेखि लागु हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेको हो । बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार एक वर्षभन्दा बढी अवधिको लागि व्यक्तिगत मुद्दती निक्षेपमा १०.०७ प्रतिशत ब्याजदर दिने भएको हो । वाणिज्य बैंकहरूले मुद्दतीमा दिने यो ब्याज सबैभन्दा धेरै हो । संस्थागततर्फ पनि एक वर्ष बढी अवधिको लागि बैंकले १० प्रतिशत ब्याज दिने भएको छ । बैंकले मुद्दतीमा दिने न्यूनतम ब्याजदर नै ९.१० प्रतिशत छ ।

सनराइज बैंकले ब्यक्तिगततर्फ महामुद्दती तर्फ ३ महिनादेखि ६ महिनासम्मको बचतमा ९.१० प्रतिशत, ६ महिनादेखि १ बर्षसम्मको बचतमा ९.६० प्रतिशत, १ बर्षभन्दा बढीको बचतमा १०.०७ प्रतिशत ब्याज उपलब्ध गराउने छ ।

त्यस्तै, संस्थागततर्फ पनि बैंकले ३ महिनादेखि १ बर्षसम्मको खातामा ९.०७ प्रतिशत र १ बर्षभन्दा माथिको मुद्दती खातामा १०.०७ प्रतिशत ब्याज दिने जनाएको छ । यता बैंकले कर्जातर्फ अधिकतम ६ प्रतिशतदेखि न्यूनतम २ प्रतिशत ब्याजदरमा कर्जा उपलब्ध गराउने भएको हो । बैंकका अनुसार साउनमा बेस रेट ७.०१ प्रतिशत रहेको छ ।


प्रतिक्रिया दिनुहोस्