उपत्यकामा १३ र उपत्यका बाहिर ६२ वटा सुपथ मुल्य पसल संचालनमा आयो, ५ देखि १० रुपैयाँसम्म छुट « Arthapath.com
२२ जेष्ठ २०८३, शुक्रबार

उपत्यकामा १३ र उपत्यका बाहिर ६२ वटा सुपथ मुल्य पसल संचालनमा आयो, ५ देखि १० रुपैयाँसम्म छुट



काठमाडौं । सरकारले सुपथ मुल्य पसल सञ्चालन गरेको छ । चाडवाडको अवसरमा आम उपभोक्तालाई लक्षित गरि खाद्य व्यवस्था तथा व्यापार कम्पनी, साल्ट ट्रेडिङ र दुग्ध विकास संस्थान डिडिसीकोसहभागितामा काठमाडौं उपत्यकामा १३ र उपत्यका वाहिर ६२ वटा सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको हो ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनिले ३९ जिल्लाको ४३ स्थानमा र साल्ट ट्रेडिङले देशभर ३२ स्थानमा सुपथ मुल्य पसल संञ्चालनमा ल्याएका छन ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनिको ३९ जिल्लाको ४३ स्थान सुपथ मुल्य पसल
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडकाका अनुसार उपत्यकाभित्र नख्खु, थापाथली, रामशाहपथ, जावलाखेल, बल्खु, टेकु, जडीबुटी र सल्लाघारी लगायतका स्थानमा सुपथ मूल्य पसल सञ्चालन हुनेछ । भने उपत्यका बाहिर बनेपा, विराटनगर, बिर्तामोड, हेटौंडा, नारायणगढ, भैरहवा, बुटवल, नेपालगञ्ज, पोखरा, दाङ, सुर्खेत, धनगढी, महेन्द्रनगर, डडेलधुरालगायत स्थानबाट खाद्य वस्तु बिक्री वितरण हुने छ ।

दशै तिहारलाई लक्षित गदै सुपथ मुल्य पसल सञ्चालन गर्ने तयारी भएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मोहनप्रकाश चन्दले बताए । हरेक वर्ष झै चाडपर्वलाई लक्षित गरी सुपथ मुल्य पसल सञ्चालन गर्ने चन्दले जानकारी दिएका छन ।
असोज १ गतेबाट कात्तिक २४ गतेसम्म सुपथ मूल्य पसलमा चामल, दाल, चिउरा, पिठो र तेलमा पाँच रूपियाँ छुट गरिएको छ । त्यस्तै भटमासको तेल, मासु र कर्णाली सिमीमा दश रुपियाँ छुट हुने खाद्य व्यवस्था तथा व्यापार कम्पनीले जनाएको छ ।

साल्ट ट्रेडिङको देशभरका ३२ स्थान सुपथ मुल्य पसल खुले
त्यसैगरी साल्ट ट्रेडिङले देशभरका ३२ स्थान सुपथ मुल्य संचालनमा ल्याएको छ । साल्टले काठमाडौं उपत्यका भित्र कालीमाटी कोटेश्वर सतुङ्गल जावालाखेल भक्तपुर गरि ६ स्थान र घुम्ती सेवा वटा संचालन गरेको छ । भने उपत्यका वाहिर बनेपा, बिर्तामोड, बिराटनगर, राजविराज, लहान, जनकपुर, विरगञ्ज, हेटौडा, नारायणगणढ, पोखरा, बाग्लुङ, भैरहवा, कुष्णनगर, दाङ्ग, सुर्खेत, नेपालगञ्ज, टिकापुर, धनगढी, महेन्द्रनगर, दिपायाल, डठेलधुरा, बेलौरी त्रिशुली गरि ३२ स्थानमा सुपथ मुल्य पसल संञ्चालनमा ल्याएको छ । नुन प्रतिकेजी १८ रुपैया, चिनी प्रतिकेजी ७९ रुपैयाँ र अन्य बस्तु न्युनतम नाफा राखि सहुलियत दररेट तोकेको कर्पोरेशनले जनाएको छ ।

हरेक वर्ष दशैं तिहार तथा छठको अवसरमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका साथै साल्ट ट्रेडिङ कर्पोरेसन, नेशनल ट्रेडिङ लिमिटेड, खाद्य संस्थान र दुग्ध विकास संस्थापनले पनि विभिन्न ठाउँहरुमा सुपथ मूल्य पसल सञ्चालन गदै आएका छन ।

Tags :

प्रतिक्रिया दिनुहोस्