तीन वर्षपछि दोहोरो अंकमा पुग्यो मुद्दती निक्षेपको ब्याज, कुन बैंकको कति छ ब्याजदर ?

काठमाडौं । असोज महिना शुरु भएपछि बैंक तथा वित्तीय संस्थाहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । सञ्चालनमा रहेका २७ वाणिज्य बैंकहरुले असोज १ गतेदेखि लागू हुनेगरि नयाँ ब्याजदर सार्र्वजकि गरेका हुन् । जसमा अधिकांश बैंकहरुले तरलता अभाव भएपछि ब्याजदर बढाएका छन् । केही बैंकहरुले त मुद्दती निक्षेप खातामा दोहोरो अंकमा ब्याज दिने घोषणा गरेका छन् ।
जसमा सनराइज बैंकले मुद्दती निक्षेप खातामा डबल डिजिट १०.०७ प्रतिशत ब्याज दिने भएको छ । यो वाणिज्य बैंकहरुले सार्वजनिक गरेको नयाँ ब्याजदरमा सर्वाधिक ब्याज हो । त्यस्तै, ब्यक्तिगततर्फ सनराइज बैंकसहित ८ बैंकले ९ प्रतिशतभन्दा बढी ब्याज दिने जनाएका छन् । सबैभन्दा कम स्टाण्डर्ड चार्टड बैंकले ७ प्रतिशत ब्याज दिने छ भने अधिकांश बैंकले ८ प्रतिशत ब्याज दिने भएका छन् । यता संस्थागततर्र्फ पनि सनराइज बैंकले नै सर्वाधिक १०.०७ प्रतिशत ब्याज दिनेछ । यसअघि मंसिर ०७५ मा मुद्दती निक्षेपको ब्याजदरअ धिकतम १२ प्रतिशतसम्म पुगेको थियो तर त्यसयता घटेर घटेर ७.५ प्रतिशत हाराहारीसम्म पुगेको थियो । त्यसयता ३ बर्षपछि पहिलोपटक ब्याजदर दोहोरो अंकमा पुगेको हो ।
कुन बैंकको खातामा कति ब्याज ?
१. सिभिल बैंक
बैंकले मुद्दती निक्षेप खातामा ब्यक्तिगत तर्फ न्यूनतम ७.५५ प्रतिशत र अधिकतम ९.२५ प्रतिशतसम्म ब्याज दिने भएको छ । त्यस्तै बैंकले संस्थागत तर्फ मुद्दती निक्षेपमा न्यूनतम ७.३५ प्रतिशत र अधिकतम ८.५५ प्रतिशत ब्याज दिने जनाएको छ ।
२. कृषि विकास बैंक
बैंकले ३ महिनादेखि ६ महिनासम्मको मुद्दती निक्षेप खातामा ६.५० प्रतिशत र ३ बर्षभन्दा माथिको खातामा ७.५० प्रतिशत ब्याज दिने भएको हो । यता बैंकले संस्थागततर्फ न्यूनतम ६ प्रतिशत र अधिकतम ७ प्रतिशत ब्याज दिने जनाएको छ ।
३. राष्ट्रिय वाणिज्य बैंक
राष्ट्रिय वाणिज्य बैंकले मुद्दती निक्षेपमा ब्यक्तिगत र संस्थागततर्फ ८.०६ प्रतिशत ब्याज दिनेछ ।
४. नेपाल बैंक
नेपाल बैंकले मुद्दती निक्षेपमा ब्यक्तिगत र संस्थागत दुबैमा समान ८.०५ प्रतिशत ब्याज दिने जनाएको छ ।
५. सिटिजन्स बैंक
सिटिजन्स बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदरमा मुद्दती निक्षेपमा ब्यक्तिगततर्फ ७.५० प्रतिशतसम्म ब्याज उपलब्ध गराउने भएको छ । यता संस्थागततर्फ बैंकले न्यूनतम ७.५० प्रतिशत र अधिकतममा ८ प्रतिशत ब्याज दिने भएको हो ।
६. नबिल बैंक
नबिल बैंकले मुद्दती निक्षेपमा ब्यक्तिगततर्फ न्यूनतम ६.५१ प्रतिशत र अधिकतम ८.७६ प्रतिशत ब्याज दिने भएको छ । बैंकले संस्थागततर्फ भने न्यूनतम ७.५१ प्रतिशत र अधिकतम ९.०१ प्रतिशतसम्म ब्याज दिने भएको हो ।
७. प्रभु बैंक
प्रभु बैंकले मुद्दती निक्षेपमा ब्यक्तिगत र संस्थागततर्फ न्यूनतम ७.७५ प्रतिशत र अधिकतम ८.२५ प्रतिशतसम्म ब्याज दिनेछ ।
८. प्राइम कमर्सियल बैंक
प्राइम कमर्सियल बैंकले मुद्दती निक्षेपमा ब्यक्तिगततर्फ न्यूनतम ८ प्रतिशत र अधिकतम ९.२५ प्रतिशतसम्म ब्याज दिने जनाएको छ भने संस्थागततर्फ मुद्दती निक्षेपमा न्यूनतम ९.५० प्रतिशत र अधिकतम ९.७६ प्रतिशतसम्म ब्याज दिने भएको हो ।
९. बैंक अफ काठमाण्डू
बैंक अफ काठमाण्डूले मुद्दती निक्षेपमा ब्यक्तिगततर्फ ८.७२ प्रतिशत र संस्थागततर्फ न्यूनतम ६.२७ प्रतिशत र अधिकतम ८.२७ प्रतिशतसम्म ब्याज दिने भएको हो ।
१०. एनसीसी बैंक
एनसीसी बैंकले मुद्दती निक्षेपमा ब्यक्तिगततर्फ न्यूनतम ८.७५ प्रतिशत र अधिकतम ९ प्रतिशतसम्म ब्याज उपलब्ध गराउने छ भने संस्थागततर्फ ९.२६ प्रतिशतसम्म ब्याज दिने भएको हो ।
११. एनएमबि बैंक
एनएमबि बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदरमा मुद्दती निक्षेपमा ब्यक्तिगततर्फ न्यूनतम ७.५० प्रतिशत र अधिकतम ९.०२ प्रतिशत ब्याज उपलब्ध गराउने छ । यता संस्थागततर्फ न्यूनतम ७.५० प्रतिशत र अधिकतम ९.५२ प्रतिशत ब्याज दिने जनाएको छ ।
१२. सेञ्चुरी कमर्सियल बैंक
सेञ्चुरी कमर्सियल बैंक ३ महिनादेखि ६ महिनासम्मको मुद्दती निक्षेपमा ब्यक्तिगत न्यूनतम ८ प्रतिशत र २ बर्षभन्दा माथिको मुद्दती निक्षेपमा ९.२५ प्रतिशत ब्याज दिने जनाएको छ । यता संस्थागत तर्फ बैंकले न्यूनतम ८ प्रतिशत र अधिकतम ९.२५ प्रतिशतसम्म ब्याज दिने भएको हो ।
१३. लक्ष्मी बैंक
लक्ष्मी बैंकले मुद्दती निक्षेपमा ब्यक्तिगत र संस्थागततर्फ ८.५० प्रतिशत ब्याज दिनेछ ।
१४. नेपाल बङ्ग्लादेश बैंक
नेपाल बङ्ग्लादेश बैंकले मुद्दती निक्षेप खातामा ब्यक्तिगत र संस्थागततर्फ न्यूनतम ८.५१ प्रतिशत र अधिकतम ८.७६ प्रतिशतसम्म ब्याज दिनेछ ।
१५.स्टान्डर्ड चार्टर्ड बैंक
स्टान्डर्ड चार्टेड बैंकले मुद्दती निक्षेपमा ब्यक्तिगततर्फ न्यूनतम ५ प्रतिशत र अधिकतम ७ प्रतिशत ब्याज दिनेछ । संस्थागततर्फ भने न्यूनतम ३ प्रतिशत र अधिकतम ७ प्रतिशत ब्याज दिनेछ ।
१६. सिद्धार्थ बैंक
सिद्धार्थ बैंकले मुद्दती निक्षेप खातामा ब्यक्तिगततर्फ न्यूनतम ८.२५ प्रतिशत र अधिकतम ८.७५ प्रतिशत ब्याज दिनेछ । यता बैंकले संस्थागततर्फ भने न्यूनतम ८.७५ प्रतिशत र अधिकतम ९.०५ प्रतिशतसम्म ब्याज दिने जनाएको छ ।
१७. एभरेष्ट बैंक
एभरेष्ट बैंकले मुद्दती निक्षेप खातामा ब्यक्तिगततर्फ न्यूनतम ७ प्रतिशत र अधिकतम ८ प्रतिशतसम्म ब्याज दिनेछ । संस्थागततर्फ बैंकले न्यूनतम ७ प्रतिशत र अधिकतम ८.६१ प्रतिशतसम्म ब्याज दिने भएको छ ।
१८. एसबिआई बैंक
नेपाल एसबिआई बैंकले मुद्दती निक्षेपमा ब्यक्तिगततर्फ न्यूनतम ४.०५ प्रतिशत र अधिकतम ८.५५ प्रतिशत ब्याज दिने छ । बैंकले संस्थागततर्फ न्यूनतम ४.०५ प्रतिशत र अधिकतम ८.५५ प्रतिशत ब्याज दिने छ ।
१९. एनआईसी एशिया बैंक
एनआईसी एशिया बैंकले मुद्दती निक्षेपमा ब्यक्तिगत र संस्थागततर्फ ८.६० प्रतिशत ब्याज दिने भएको छ ।
२०. सनराइज बैंक
सनराइज बैंकले मुद्दती निक्षेप खातामा ब्यक्तिगततर्फ न्यूनतम ९.१० प्रतिशत र अधिकतम १०.०७ प्रतिशतसम्म ब्याज दिने भएको हो । संस्थागततर्फ भने बैंकले १०.०७ प्रतिशत ब्याज दिने जनाएको छ ।
२१. कुमारी बैंक
कुमारी बैंकले मुद्दती निक्षेपमा ब्यक्तिगत र संस्थागततर्फ ८.१५ प्रतिशत ब्याज दिनेछ ।
२२. मेगा बैंक
मेगा बैंकले मुद्दती निक्षेपमा ब्यक्तिगत र संस्थागततर्फ न्यूनतम ८ प्रतिशत र अधिकतम ९.५५ प्रतिशतसम्म ब्याज दिने भएको छ ।
२३. माछापुच्छ्रे बैंक
माछापुच्छ्रे बैंकले मुद्दती निक्षेपमा ब्यक्तिगततर्फ ८.२५ प्रतिशत र संस्थागततर्फ ८.७५ प्रतिशत ब्याज दिने जनाएको छ ।
२४. नेपाल इन्भेष्टमेन्ट बैंक
नेपाल इन्भेष्टमेन्ट बैंकले मुद्दती निक्षेपमा ब्यक्तिगत न्यूनतम ७ प्रतिशत र अधिकतम ८.५० प्रतिशतसम्म ब्याज दिने भएको छ । यता संस्थागततर्फ भने ९.०२ प्रतिशत ब्याज दिने भएको छ ।
२५. हिमालयन बैंक
हिमालयन बैंकले मुद्दती निक्षेपमा ब्यक्तिगततर्फ न्यूनतम ५ प्रतिशत र अधिकतम ८.५० प्रतिशतसम्म ब्याज दिने भएको छ । संस्थागततर्फ बैंकले न्यूनतम ७ प्रतिशत र अधिकतम ८ प्रतिशतसम्म ब्याज दिनेछ ।
२६. ग्लोबल आइएमई बैंक
ग्लोबल आइएमई बैंकले मुद्दती निक्षेपमा ब्यक्तिगततर्फ न्यूनतमतर्फ ८.८० प्रतिशत र अधिकतम ९ प्रतिशतसम्म ब्याज दिने भएको छ । संस्थागततर्फ बैंकले न्यूनतम ८.८० प्रतिशत र अधिकतम ९ प्रतिशत ब्याज दिनेछ ।
२७. सानिमा बैंक
सानिमा बैंकले मुद्दती निक्षेपमा ब्यक्तिगततर्फ न्यूनतम ७ प्रतिशत र अधिकतम ९.०१ प्रतिशतसम्म ब्याज दिने भएको छ । यता संस्थागततर्फ भने ९.५१ प्रतिशतसम्म ब्याज दिनेछ ।

