निरन्तर ओरालो लागेको शेयर बजार मंगलबार दोहोरो अंकले बढ्यो

काठमाडौं । केहि दिन यता भारी अंकले गिरावट आएको शेयर बजार आज मंगलबार सामान्य अंकले बढेको छ । हिजो सोमबार मात्रै ११४ अंकले ओरालो लागेको बजार आज १३.८३ अंकले बढेको हो । शेयर कारोबार मापक नेप्से परिसुचक पनि आज उकालो लागेको छ । हिजो २६९८.२४ अंकमा आइपुिगेको परिसुचक आज बढेर २७१२.०७ अंकमा पुगेर बजार बन्द भएको छ ।
शेयर बजार सामान्य अंकले बढेपनि कारोबार रकम भने घटेको छ हिजो ८ अबको कारोबार भएकोमा आज ओरालो लाग्दै ७ अर्बमा खुम्चीन पुगेको छ । आज दिनभर २ सय २३ कम्पनिको १५ करोड ३० लाख कित्ता शेयर ९५ हजार ६ सय ४६ पटक किनबेच हुँदा ७ अर्ब ३६ करोड ४७ लाख ९८ हजार ९ सय ६२ रुपैयाँको कारोबार भएको छ ।

मंगलबार ४ समुह बाहेक सबै समुहमा हरीयाली छाएको छ । आज व्यापार, उत्पादन, फाइनान्स, र म्चुअलफन्ड समुह बाहेक सबै समुहका लगानिकर्ताले कमाएका छन । यस दिन व्यापार समुह ५०, फाइनान्स १८, उत्पादन १९ र म्चुअलफन्ड समुह १५ अंकले घटेको छ ।
त्यसैगरी आज जिवन विमा समुहका लगानिकर्ताले सबैभन्दा बढि कमाएका छन आज जिवन विमा समुह १९९, होटल एण्ड टुरीजम ७६,निर्जिवन विमा समुह ७२, विकास बैंक २७, हाईड्रोपावर २२, माईक्रोफाइनान्स १४, अन्य समुह १३, बैकिङ समुह ३ र लगानि समुह ९४ अंकले बढेर हरीयाली भएको छ ।
