२०७७ को मदन पुरस्का इङ्नामलाई, थापालाई जगदम्बाश्री
कामठाडौं । २०७७ सालको मदन पुरस्कार भगिराज इङ्नामको लिम्बुवानको ऐतिहासिक दस्तावेज संग्रहलाई प्रदान गरिएको छ । मदन पुरस्कार गुठीको असोज ७ गते बिहीबार बसेको बैठकले सो कृतिलाई मदन पुरस्कार दिने निर्णय गरेको हो ।
त्यस्तै, यस बर्षको जगदम्बा श्री पुरस्कार नृत्यशास्त्री भैरवबहादुर थापालाई प्रदान गरिएको छ । दुवै पुरस्कारको राशि जनही ४ लाख रुपैयाँ रहेको छ ।