माछापुच्छ्रे बैंकले ल्यायो बम्पर अफर, २१ औं वर्षमा २१ प्रतिसत क्यासब्याक, यस्ता छन् अरु उपहारहरु « Arthapath.com
८ आश्विन २०७८, शुक्रबार

माछापुच्छ्रे बैंकले ल्यायो बम्पर अफर, २१ औं वर्षमा २१ प्रतिसत क्यासब्याक, यस्ता छन् अरु उपहारहरु



काठमाडौँ । माछापुच्छ्रे बैङ्कले आफ्नो स्थापनको २१ औँ वार्षिकोत्सवको अवसरमा बम्पर अफर ल्याएको छ । २१ वर्षअघि पोखरको माछापुच्छ्रे हिमालको काखबाट उदाएको माछापुच्छ्रे बैङ्क २० वर्ष पुरा भएको छ । 

२१ औँ वार्षिकोत्सवको अवसरमा बैङ्कले ग्राहकहरूलाई २१ प्रतिशत क्यास ब्याक र दैनिक उपहारको बहार ल्याएको छ । यो अफर असोज ८ गते देखी १७ गते सम्मका लागि लागु रहने बैङ्कले जनाएको छ । जस अन्तर्गत ग्राहकहरूले डेबिट वा क्रेडिट कार्डबाट पिओएस वा इ-कमर्स साइटमा कार्डबाट कम्तीमा ३ वटा कारोबार गरी दैनिक रु २१० सम्म र अफर अवधि भर अधिकतम रु २१०० सम्मको क्यास ब्याक पाउन सक्नुहुनेछ । 

ग्राहकहरूले दैनिक आकर्षक उपहारहरू पनि जित्न सक्ने बैङ्कले जनाएको छ । आकर्षक उपहारहरूमा अल्काटेलको ट्याब्लेट, सिजिको माइक्रोओभन, सामसुङ्ग माइक्रो ओभन, इन्डेक्स ग्यास स्टोभ, पोलोरोइड क्यामरा, विभिन्न होटेल तथा रेष्टुरेन्टहरुबाट प्रि गिफ्ट कुपनहरू ट्राभल प्याकेजहरू, फुडमाण्डुबाट गिफ्ट भौचर, भेस्पा स्कुटरको तर्फबाट हेल्मेट र ज्याकेट लगायत थुर्पै उपहारहरू रहेका छन् । 

यस बाहेक सेल्सवेरीमा भुक्तानी गर्दा सेल्सवेरीको तर्फबाट हरेक दिन ५ हजारसम्मको गिफ्ट भौचर पनि जित्न सकिनेछ । वल्र्डलिंक, कल्प मार्ट, ग्यापु र भिजी साथीको तर्फबाट समेत अफर अवधिभर दैनिक गिफ्ट भौचरहरू जित्न सकिनेछ । कार्तोस टेक्नोलोजीको तर्फबाट विभिन्न ग्याजेटहरु र  डिजायरबाट खरिद गर्दा रु ४१० सम्मको डिस्काउन्ट पनि पाउन सकिनेछ । 


डेबिट र  क्रेडिट कार्ड बाहेक बैङ्कको मोबाइल बैकिंङ्कबाट अफर अवधि भर कुनै पनि कारोबार गर्ने ग्राहकहरू मध्येबाट एक जनाले मेगा बम्पर उपहार स्वरूप फोन पेको तर्फबाट सामसुङ्ग ग्यालेक्सी एस २१ फोन प्राप्त गर्न सक्नुहुनेछ । माछापुच्छ्रे बैङ्क यही असोज १७ गते २१ वर्ष पुरा गरी २२ औँ वर्षमा प्रवेश गर्दै छ । 


प्रतिक्रिया दिनुहोस्