कुमारी बैङ्कको लाभांश घोषणा « Arthapath.com
१२ आश्विन २०७८, मंगलवार

कुमारी बैङ्कको लाभांश घोषणा



काठमाडौँ । कुमारी बैङ्कले लाभांश घोषणा गरेको छ । बैङ्कले गत आर्थिक वर्ष  २०७७÷७८ को मुनाफाबाट ८.६७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

हिजो बसेको बैङ्क सञ्चालक समितिको बैठकले बैङ्कको हाल कायम चुक्ता पुँजीको ६ प्रतिशत बोनस र कर प्रयोजनसहित २.६७ प्रतिशत नगद लाभांश प्रदान गर्ने निर्णय गरेको हो ।

कुमारी बैङ्कको १३ अर्ब ८७ करोड ८४ लाख ७४ हजार रुपैयाँ बैङ्कको चुक्ता पुँजी रहेको छ । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैङ्कबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयर धनीहरूले पाउने छन् ।


प्रतिक्रिया दिनुहोस्