एनएमबि बैंकले ल्यायो ९.५२% को मुद्धती निक्षेप योजना, भिडियो कलबाट यसरी खोल्न सकिन्छ बैंकमा नगई खाता « Arthapath.com
१३ आश्विन २०७८, बुधबार

एनएमबि बैंकले ल्यायो ९.५२% को मुद्धती निक्षेप योजना, भिडियो कलबाट यसरी खोल्न सकिन्छ बैंकमा नगई खाता



काठमाडौँ । एनएमबि बैंकले मुद्धति निक्षेपको व्याज बढाएको छ । बैंककले हालै बजारमा देखिएको तरलतालाई मध्यनजर गर्नै निक्षेपको व्याजदर बढाएको हो ।

हाल बैंकमा निक्षेपकर्ताले न्युन ब्याज प्राप्त भई लगानीको प्रतिफल संतोषजनक नरहको अवस्थामा सबै वर्गलाई समेट्ने गरी निक्षेपमा एनएमबिले उच्च ब्याज प्रदान गर्दै आइरहेकोे छ । नयाँ योजना अन्तर्गत बैंकले सर्वसाधारण ग्राहकलाई मुद्धतीमा ९.५२% बार्षिक ब्याजदर (०.५ % प्रिमियम सहित) प्रदान गर्नेछ ।

एनएमबि बैंकमा खाता नभएको ग्राहकहरुले भिडीयो केवाईसी एक भिडियो कलमा आधारित प्रविधि मार्फत ५ मिनेटमै देश वा बिदेशमै रही खाता खोली कारोवार गर्न सक्नेछन् । मार्फत ग्राहकहरुले अनलाईन खाताको शुरु देखी अन्त्यसम्मको प्रक्रिया बैंकसम्म नधाईकनै डिजिटल रुपमा सम्पन्न गर्न सक्नेछन् ।

ग्राहकहरूले एनएमबिमा भिडियो कल मार्फत नयाँ खाता खोल्न यस डिजिटल सेवाप्रयोग गरेर आफ्नो केवाईसी विवरणहरू अपडेट गर्न सक्दछन् ।

भिडियो कलको लागी डिजिटल लिन्क यस प्रकार रहेको छः

https://vcc.nmb.com.np


बैंकले देशभरीका १८१ शाखाहरुका साथै १३७ एटिएमहरु, ९ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।


प्रतिक्रिया दिनुहोस्