बैंक अफ काठमाण्डूका कार्ड बाहकले स्मार्ट दशैं अफरमा २०% सम्मको नगद फिर्ता पाउने « Arthapath.com
१४ आश्विन २०७८, बिहीबार

बैंक अफ काठमाण्डूका कार्ड बाहकले स्मार्ट दशैं अफरमा २०% सम्मको नगद फिर्ता पाउने



काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडको डेबिट तथा क्रेडिट कार्ड बाहकहरुले स्मार्टडोकोको स्मार्ट दशैं अफरमा २०% सम्म नगदफिर्ता पाउने भएका छन् ।

नेपालीहरुको महान चाड दशैंलाई लक्षित गरी स्मार्ट डोकोले असोज १४ गतेबाट संचालनमा ल्याएको स्मार्ट दशैं अफरमा बैंकको कार्डबाहकहरुले आफ्नो डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी अनलाइनको माध्यमबाट प्रिपेमेन्ट गर्दा २०% सम्म नगदफिर्ता पाउन सक्नेछन् ।

बैंकको कार्डबाहकहरुले यस अफरबाट आफुलाई आवश्यक सामान खरिद गरी अनलाइन माध्यम मार्फत प्रीपेमेन्ट गर्दा बैंकको डेबिट कार्ड वा क्रेडिट कार्ड प्रयोग गर्नुभएमा २०% वा अधिकतम रु. १ हजार ५०० सम्म नगदफिर्ता पाउने भएका छन् ।

स्मार्ट दशैं अफरमा बैंकको कार्डबाहकहरुले कार्डको माध्यमबाट अनलाइन भुक्तानी गरी २०% सम्म नगदफिर्ता सहित विभिन्न किसिमका अग्रणी राष्ट्रिय र अन्तर्राष्ट्रिय ब्रान्डका सामानहरु खरिद गर्न सक्नेछन् ।

बैंक अफ काठमाण्डू लिमिटेडले ९० शाखा कार्यालयहरु, ८० एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।


प्रतिक्रिया दिनुहोस्