घोडीघोडा लघुवित्तको मर्जर प्रस्ताव पारित

काठमाडौँ । घोडीघोडा र युनिक नेपाल लघुवित्त मर्ज हुने भएको छ । घोडीघोडा लघुवित्त वित्तीय संस्थाको हिजो सम्पन्न भएको साधारण विशेष सभाले मर्जर प्रस्ताव पारित गरेको हो ।
घोडीघोडा लघुवित्त वित्तीय संस्था लिमिटेड र युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडबिच गाभ्ने–गाभिने (मर्जर) सम्बन्धी निर्णयको लागि हिजो शनिवार, होटेल रूबस, बैयाबेहडी, धनगढी, कैलालीमा विशेष साधारण सभा सम्पन्न भएको हो ।
घोडीघोडा लघुवित्तको १०० कित्ता शेयर बराबर युनिक नेपालको ५० कित्ता शेयर अनुपातमा मर्जर हुने प्रस्ताव हिजोको साधारण सभाले पारित गरेको छ ।दुवै संस्थाबिच गत कार्तिक २१ गते गाभिने सम्झौतामा प्रारम्भिक हस्ताक्षर भएको थियो ।