७ श्रावण २०८३, बिहिबार

साल्ट ट्रेडिङले बोलायो साधारण सभा, २५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने



काठमाडौँ  । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले साधारण सभा डाकेको छ । कम्पनीले ५४औँ वार्षिक साधारण सभा कात्तिक १६ गते बोलाएको हो ।बिहीबार बसेको संचलक समितिको बैठकले ५४ औँ साधारण सभा कात्तिक १६ गते बिहान ११ बजे भर्चुअल माध्यमबाट गर्ने निर्णय गरेको छ ।

साधारण सभाले आव २०७६/ ७७ को नाफाबाट सेयर धनीलाई २० प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश गरेर कुल २५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । त्यस्तै गरी  आव २०७७/ ७८ को लागि लेखापरिक्षकको नियुक्त र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि साधारण सभाले पारित गर्नेछ ।भने कम्पनी ऐन २०६३ को दफा १०५ (१) को खण्ड ख बमोजिम त्रण सुविधा लिने स्वीकुति उपर छलफल गरी पारित गर्ने छ ।

साधारण सभा तथा लाभांश प्रयोजनको लागि कम्पनीले कात्तिक २ गतेदेखि १६ गतेसम्म बुक क्लोज गर्ने छ । कात्तिक १ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयर धनीले २५ प्रतिशत लाभांश पाउने छन् ।


प्रतिक्रिया दिनुहोस्