साहस उर्जाको शेयर रजिष्ट्रारमा एनआईबिएल एस क्यापिटल नियुक्त
काठमाडौं । साहस उर्जा लिमिटेडले शेयर रजिष्ट्रारमा एनआईबिएल एस क्यापिटल नियुक्त गरेको छ । साहस उर्जाले आफ्ना शेयरधनीहरुको शेयर दाखिल खारेज लगायतको शेयर सम्बन्धी सबै काम गर्न एनआईबिएल एस क्यापिटल लिमिटेडलाई शेयर रजिष्ट्रारमा नियुक्त गरेको हो ।
असोज १७ गते आइतबार साहस उर्जा लिमिटेड र एनआईबिएल एस क्यापिटल लिमिटेडबीच शेयर रजिष्ट्रार नियुक्ती गर्ने सम्बन्धी सम्झौता भएको हो । उक्त सम्झौता असोज १७ गतेदेखि नै लागू हुने समेत जनाइएको छ ।
साहस उर्जा लिमिटेड वि. स. २०७० माघ १९ गते प्राइभेट लिमिटेड कम्पनीको रूपमा स्थापित भई वि. स. २०७१ भाद्र २९ मा पब्लिक लिमिटेड कम्पनीमा रूपान्तरित भएको थियो ।
उक्त सम्झौतामा साहस उर्जा लिमिटेडबाट प्रबन्ध संचालक शुसिल थापा र एनआईबिएल एस क्यापिटलका तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत मेख बहादुर थापा र सहायक महाप्रबन्धक सचिन्द्र ढुंगानाले हस्ताक्षर गर्नुभएको छ ।













