आशा लघुवित्तको २६ प्रतिशत लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौँ । आशा लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । लघुवित्तले गत आव २०७७/७८ बाट सेयर धनीलाई चुक्ता पुँजीको २६.३१५७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । हिजो बसेको लघुवित्त सञ्चालक समितिको बैठकले चुक्ता पुँजीको २५ प्रतिशत बोनस र कर प्रयोजनका लागि १.३१५७ प्रतिशत नगद गरी कुल २६.३१५७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
प्रस्ताव गरेबमोजिम कम्पनीले चुक्ता पुँजीको २६ करोड ७१ लाख ३१ हजार २०० रुपैयाँको आधारमा ६ करोड ६७ लाख ८२ हजार ८०० रुपैयाँ बराबरको बोनस शेयर र ३५ लाख १४ हजार ८८४ रुपैयाँ नगद लाभांश गरी कुल ७ करोड २ लाख ९७ हजार ६८४ रुपैयाँ वितरण गर्नेछ ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैङ्कबाट स्वीकृत भई साधारण सभाबाट पारित भएपछि लगानीकर्ताले पाउने छन् ।
लघुवित्तले अघिल्लो आव २०७७/७७ मा चुक्ता पुँजीको १५.७८९ प्रतिशत लाभांश वितरण गरेको थियो । यो गत अघिल्लो आर्थिक वर्षको तुलनामा साढे दश प्रतिशतले बढेको छ ।
