प्रतिकित्ता ११६ रुपैयाँमा नयाँ सारथि लघुवित्तको एफपीओ आउँदै

काठमाडौँ । नयाँ सारथि लघुवित्त वित्तीय संस्थाले एफपीओ निष्कासन गर्ने भएको छ । कम्प निले प्रति कित्ता १ सय १६ रुपैयाँका दरले एफपीओ निष्कासन गर्न लागेको हो ।
लघुवित्तले भदौ ९ गते एफपीओ जारी नियामक निकाय धितो पत्र बोर्डसँग प्रतिकित्ता ११६ रुपैयाँका दरमा ३ लाख २९ हजार ६४९ कित्ता एफपीओ जारी गर्न अनुमति माग गरेको छ ।
माग गरे अनुसार लघुवित्तले ३ करोड ८२ लाख ३९ हजार २ सय ८४ रुपैयाँ बराबरको ३ लाख २९ हजार ६ सय ४९ कित्ता एफपीओ निष्कासन गर्नेछ ।लघुवित्तको धितो पत्र निष्कासन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।