न्यादी हाइड्रोपावरको आईपीओमा २ करोड २३ कित्ताभन्दा बढी माग, भोलि आवेदन दिने अन्तिम दिन - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

न्यादी हाइड्रोपावरको आईपीओमा २ करोड २३ कित्ताभन्दा बढी माग, भोलि आवेदन दिने अन्तिम दिन



काठमाडौं । न्यादी हाइड्रोपावर लिमिटेडको आईपीओमा १८ लाख बढीले आवेदन दिएका छन् । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार सोमबारलागि आवेदन दिएका छन् । यो माग गरिएकोभन्दा १०.७० गुणा बढी आवेदन परेको हो ।

कम्पनीले असोज १५ गते, शुक्रबारदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको हो । कम्पनीले २२ करोड ५० लाख रुपैयाँ बराबरको प्रतिकित्ता १०० अंकित मूल्य दरका २२ लाख ५० कित्ता साधारण शेयर निष्काशन तथा बिक्री खुला गरेको हो । जसमध्ये २ प्रतिशत अर्थात ४५ हजार कित्ता शेयर कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात १ लाख १२ हजार ५ सय कित्ता शेयर सामूहिक लगानी कोष र बाँकी २० लाख ९२ हजार ५ सय कित्ता सर्वसाधारणका लागि छुट्याइएको छ ।

कम्पनीको आईपीओमा छिटोमा असोज १९ गतेसम्म र ढिलोमा असोज ३१ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओमा न्यूनतम १० कित्ता र अधिकतममा ५० हजार कित्ता शेयर खरिदका लागि आवेदन दिनुपर्नेछ ।

कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयरएनपि डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीले वित्तीय दायित्व पुरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको जनाउँदछ ।


प्रतिक्रिया दिनुहोस्