न्यादी हाइड्रोपावरको आईपीओमा १४ गुणा बढी आवेदन
काठमाडौं । न्यादी हाइड्रोपावर लिमिटेडको आईपीओमा २३ लाख बढीले आवेदन दिएका छन् । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार मंगलबारसम्म २३ लाख ५७ हजार १६६ जना आवेदकले २ करोड ९४ लाख ७७ हजार ६५० कित्ताका लागि आवेदन दिएका छन् । यो माग गरिएकोभन्दा १४ गुणा बढी आवेदन परेको हो ।
कम्पनीले असोज १५ गते, शुक्रबारदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको थियो । कम्पनीले २२ करोड ५० लाख रुपैयाँ बराबरको प्रतिकित्ता १०० अंकित मूल्य दरका २२ लाख ५० कित्ता साधारण शेयर निष्काशन तथा बिक्री खुला गरेको हो । जसमध्ये २ प्रतिशत अर्थात ४५ हजार कित्ता शेयर कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात १ लाख १२ हजार ५ सय कित्ता शेयर सामूहिक लगानी कोष र बाँकी २० लाख ९२ हजार ५ सय कित्ता सर्वसाधारणका लागि छुट्याइएको थियो ।
कम्पनीको आईपीओमा आवेदन दिने समय आज सकिएको छ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।













