सिटिजन्स बैंकको १६ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन « Arthapath.com
२० आश्विन २०७८, बुधबार

सिटिजन्स बैंकको १६ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन



काठमाडौं । सिटिजन्स इन्टरनेशन बैंकको साधारण सभा र लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।सिटिजन्स इन्टरनेशन बैंकको साधारण सभा प्रयोजनार्थ र लाभांश प्रयोजनार्थका लागि असोज २२ गते एक दिनका लागि बुकक्लोज गर्ने निर्णय गरेको हो ।

त्यसैले, असोज २१ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भई कायम शेयरधनीहरूले मात्र बैंकको लाभांश प्राप्त गर्न सक्ने छन् । भोलि असोज २१ गते बिहीबार विदा परेको हुँदा आज नै सुरक्षित गर्नुपर्ने हुन्छ ।

बैंकको असोज १२ गते बसेको सञ्चालक समितिको बैठकले आगामी १५ औँ वार्षिक साधारण सभा प्रयोजनार्थ बैंकले बुक क्लोजको मिति तय गरेको थियो ।

बैंकको असोज ८ गते, शुक्रबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७–७८ को सञ्चित मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको १२.९१३ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ३.०८७ प्रतिशत नगद गरी कुल १६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।


प्रतिक्रिया दिनुहोस्