ग्लोबल आइएमई लघुवित्तको २८ प्रतिशत लाभांश घोषणा

काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट लाभां वितरण गर्ने घोषणा गरेको छ । लघुवित्तको असोज १९ गेत बसेको सञ्चाल कमितिका बैठकले शेयरधनीहरुलाई २८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
लघुवित्तले हाल कायम चुक्ता पूँजीको २८ प्रतिशतको १२ करोड ८ लाख ७८ हजार ९१५ रुपैयाँ बोनस शेयर वितरण गर्ने घोषणा गरेको हो ।
उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात शेयरधनीहरुलाई लाभांश वितरण गरिनेछ ।
लघुवित्तको हाल चुक्ता पूँजी ४३ करोड १७ लाख १० हजार ४११ रुपैयाँ छ । २८ प्रतिशत बोनस शेयर वितरणपश्चात लघुवित्तको चुक्ता पूँजी ५५ करोड २५ लाख ८९ हजार ३२६ रुपैयाँ पुग्नेछ ।
