लगातार दोस्रो दिन दोहोरो अङ्कले बढ्यो नेप्से, सुधारिदै कारोबार रकम « Arthapath.com
२ जेष्ठ २०८२, शुक्रबार

लगातार दोस्रो दिन दोहोरो अङ्कले बढ्यो नेप्से, सुधारिदै कारोबार रकम



काठमाडौँ । यो साताको अन्तिम दिन आज बुधवार नेप्सेमा सुधार आएको छ । केही दिन यता निरन्तर रूपमा घटेको नेप्से आज दोस्रो दिन बढेको छ । हिजो मङ्गलवार ४० अङ्कले बढेको नेप्से आज पनि ६५ अङ्कले बढेको छ । आज कारोबार रकम र नेप्से परिसूचकमा समेत उकालो लागेको छ । यस दिन नेप्से परिसूचक ६५ अङ्कले बढेर २६७७.७४ अं कमा पुगेर बन्द भएको छ । हिजो परिसूचक २६१२।६५ अं कमा पुगेर बजार बन्द भएको थियो ।

मङ्गलवार २ अर्बमा खुम्चिएको कारोबार रकम यस दिन बढेर ४ अर्ब १४ करोड पुगेको छ । आज दिनभर २ सय २७ कम्पनीको ७ करोड ५४ लाख कित्ता शेयर ५१ हजार पटक कारोबार हुँदा ४ अर्ब १४ करोड ५० लाख ९४ हजार रुपैयाँको कारोबार भएको छ ।

आज सबै समूहमा हरियाली छाएको छ । आज करिब १ दर्जन कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आज सबैभन्दा बढी निर्जीवन बिमा समूहका लगानीकर्ताले कमाएका छन् । निर्जीवन बिमा समूह ४०६ अङ्कले बढेको छ भने माईक्रोफाइनान्नस समूह २९६, जीवन बिमा समूह २५७, विकास बैङ्क २२४, उत्पादन समूह २४३ अङ्कले उकालो लागेको छ ।

यो साता आइतबार र सोमबार लगातार नेप्से घटेको थियो । भने हिजो मङ्गलवार ४० र आज ६५ अङ्कले बढेको छ । भोलि बिहीबार सार्वजनिक बिदा भएकोले शेयर कारोबार हुँदैन  ।


प्रतिक्रिया दिनुहोस्