बुद्धभुमिको आईपीओ आज साढे १० बजे बाँडफाँड गरिँदै, रिजल्ट हेर्ने तरिकासहित « Arthapath.com
२ जेष्ठ २०८२, शुक्रबार

बुद्धभुमिको आईपीओ आज साढे १० बजे बाँडफाँड गरिँदै, रिजल्ट हेर्ने तरिकासहित



काठमाडौं । बुद्धभुमि नेपाल हाइड्रोपावर लिमिटेडको आईपीओ आज (असोज २२ गते, शुक्रबार) बाँडफाँड गरिने भएको छ । बिक्री प्रबन्धक सिभिल क्यापिटलका अनुसार कम्पनीको आईपीओ आज शुक्रबार साढे १० बजे बाँडफाँड गरिने भएको हो ।

कम्पनीले असोज ११ गतेदेखि १४ गतेसम्म सर्वसाधारणका १ सय रुपैयाँ अंकित दरमा ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता साधारण शेयर निष्काशन तथा बिक्री खुला गरेको थियो । जसमध्ये २ प्रतिशत अर्थात १६ हजार कित्ता शेयर कर्मचारी, ५ प्रतिशत अर्थात ४० हजार कित्ता शेयर सामूहिक लगानी कोष र बाँकी ७ लाख ४४ हजार कित्ता शेयर सर्वसाधारणका लागि छुट्याईएको छ ।

कम्पनीको आइपीओमा २१ लाख ११ हजार ८१९ जना आवेदकले २ करोड ६५ लाख ३१ हजार ४० कित्ता शेयरका लागि आवेदन दिएका छन । यो माग गरिएको भन्दा ३५.६६ गुणा बढी हो ।

कम्पनीको आईपीओमा मागभन्दा बढी आवेदन परेकाले गोलाप्रथा विधिबाट १० कित्ताका दरले शेयर बाँडफाँड गरिने छ । १० कित्ताका दरले बाँडफाँड गर्दा ७४ हजार ४ सय जनाले मात्रै कम्पनीको आईपीओ पाउने छन् । आवेदन दिएका मध्ये २० लाख ३७ हजार भन्दा बढीको हात रित्तो हुनेछ ।

आईपीओ बाँडफाँडपश्चात रिजल्ट हेर्न यहाँ क्लिक गर्नुहोस्

https://iporesult.cdsc.com.np/

www.meroshare.cdsc.com.np
( By login Mero share, You found Result in My ASBA menu & Application Report Submenu)

https://meroshare.cdsc.com.np/#/login

https://www.civilcapitalmarket.com/

https://www.civilcapitalmarket.com/ipo

https://buddhabhumihydro.com/


प्रतिक्रिया दिनुहोस्