गण्डकी प्रदेश साक्षर प्रदेश घोषणा
गण्डकी प्रदेश साक्षर प्रदेश घोषणा
काठमाण्डौं । गण्डकी प्रदेश साक्षर प्रदेश घोषणा भएको छ । प्रधानमन्त्री शेयरबहादुर देउवाले आइतबार पोखरामा एक कार्यक्रममा बोल्दै गण्डकी प्रदेशलाई साक्षर प्रदेश घोषणा गरेका छन् ।
गण्डकी प्रदेशका ११ वटै जिल्लामा लक्षित उमेर समूह ९१५–६०० को जनसंख्याको ९५ प्रतिशतभन्दा बढी साक्षरा भई विभिन्न मितिमा साक्षर जिल्ला घोषणा गरी औसत साक्षरता ९६.५७ प्रतिशत रहेको आधारमा गण्डकीलाई साक्षर प्रदेश घोषणा गर्न लागिएको हो ।
गण्डकीका ८५ वटै पालिका र ११ वटै जिल्लाले यसअघि नै साक्षर घोषणा गरिसकेका छन् । पोखराको नयाँबजारस्थित क्षेत्रीय संग्रहालयमा गण्डकीको साक्षर प्रदेशको स्तम्भ बनाइएको छ ।













